चितवन । जल समस्यामा परेकाहरुलाइ उद्दार गर्ने संयुक्त अभ्यास सुरु भएको छ ।
चितवनकाे नारायणी नदी किनारमा साे अभ्यासकाे उद्घाटन गरिएको हाे ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालयका कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, कालि बहादुर गण भरतपुर चितवनका कार्यालय प्रमुख प्रमुख सेनानी अच्युत घिमिरे, जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, श्री २ नं. विपद् व्यवस्थापन गण रसौली सह सेनानी राजु बहादुर थापा, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, सशस्त्र प्रहरी बल नेपाल नं.१७ हे.क्वा चितवन र सशस्त्र प्रहरी बल नं.१४ हे.क्वा मकवानपुरका कार्यालय प्रमुखहरु लगायतको उपस्थितिमा साे अभ्यासकाे थालनी भएकाे हाे ।
वर्षा लागेसंगै बाढी पहिराे जस्ता समस्याहरु आउने र त्यसमा पनि सडक दुर्घटना लगायतले नारायणीमा जल समस्या बढ्दाे रहेकाले संयुक्त अभ्यासले नयां सीप हासिल र अनुभव आदानप्रदान गर्न ठूलाे भूमिका खेल्ने बताइएको छ ।
बागमती प्रदेश सरकार अन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढिमाई बाहिनी मुख्यालय, मकवानपुरको संयोजन तथा व्यवस्थापनमा सुरु भएकाे अभ्यास २२ गते सम्म सञ्चालन हुनेछ ।
जल उद्धार संयुक्त अभ्यास (साहस) को जिल्ला चितवन भरतपसर ३ स्थित नारायणी नदिको किनारमा समुद्दघाटन गरिएको हाे । याे अवधिमा जलउद्दारका विभिन्न अभ्यासहरु गरिने आयाेजकले जानकारी दिएकाे छ।