चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग बिक्री गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार फरार प्रतिवारीहरु बम बहादुर प्रजा र रामकुमार प्रजालाइ पक्राउ गरिएको हाे ।
चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग विक्रि व्यवसाय गरेको मुद्दामा २०६० देखि
२०७० सम्म १० वर्ष कैद भुक्तान गरी रिहा भई पूनः संरक्षित वन्यजन्तु गैडा शिकार गरि त्यसको खाग राख्ने खरिद / विक्रि तथा ओसार पसार गरेको विभिन्न कसुरमा प्रतिवादी कायम भई फरार अभियुक्त उनीहरुलाइ पक्राउ गरिएको हाे ।
राप्ती नगरपालिका १० स्थायी ठेगाना भएका ४१ वर्षीय रामकुमार प्रजा, २०७९ असार १३ गते केन्द्रिय अनुसन्धान व्यूरोको विशेष सहयोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ४ बाट पक्राउ गरीएकाे तिवारीकाे भनाइ छ ।
पक्राउ परेका उनलाई २०७९ साल असार १५ मा जिल्ला अदालत भरतपुर चितवनमा पेश गरिएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु गैंडा मारी खाग विक्रि व्यवसाय गरेको मुद्दामा २०६० देखि
२०७५ सम्म १५ बर्ष कैद भुक्तान गरी रिहा भएर पुनः संरक्षित वन्यजन्तु गैंडा शिकार गरि त्यसको खाग राख्ने खरिद/विक्री तथा ओसार पसार गरेको विभिन्न कसुरमा प्रतिवादी कायम भई फरार अभियुक्त कालिका नगरपालिका ९ का ४३ का बम बहादुर प्रजालाई २०७९ साल असार १६
गते केन्द्रिय अनुसन्धान व्यूरो जिल्ला प्रहरी कार्यालय धादिङ्गको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जको नेपाली सेना
सहितको विशेष टोलीले धादिङ्ग जिल्ला बेर्नघाट गाउँपालिका ३, मलेखु बाट पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरिएकाे तिवारीकाे भनाइ छ।