×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

किसानकाे हितमा काम गर्न राप्रपा चितवनद्वारा सरकारकाे ध्यानाकर्षण


  •   सोमबार, असार १३, २०७९
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति चितवनले किसानकाे हितमा काम गर्न माग गरेकाे छ ।
    आज १३ वटा बुंदागत माग राखेर तत्काल किसानमैत्री नीति,कार्यक्रम बनाउन माग गरेकाे हाे ।
    आम नेपाली जनताले सोचेजस्तो सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएकाे भन्दै ८५ प्रतिशतभन्दा बढी नेपालीको मुख्य पेसा भनेकै कृषि भएपनि सदैव समस्याग्रस्त अवस्थामा कृषकहरु रहेकाे भन्दै  कृषिलाई सम्मानित पेसा बनाउँदै कुल गार्हस्थ उत्पादनमा वृद्धि गराउनका लागि मागहरु पूरा गर्न आग्रह गरिएको छ ।
    मागहरुमा प्राङ्गारिक कृषिमा जोड दिने,भूमिगत सिञ्चाइमा शतप्रतिशत अनुदानको व्यवस्था मिलाउने,रासायनिक मल (युरिया डिएपी पोटास ) तुरुन्त उपलब्ध गराउने, बिउ बिजनमा ५० प्रतिशत अनुदान प्रदान गर्ने,कृषि उपज (कृषकबाट उत्पादित वस्तु) को उचित मूल्य निर्धारण गर्ने,कृषक पेन्सनको कार्यान्वयन गर्ने, कृषक परिचय-पत्र लागू गर्ने, कृषिमा प्रयोग हुने विद्युत महशुलमा शतप्रतिशत छूटको व्यवस्था मिलाउने, कृषि उपज भण्डारणको व्यवस्था गर्ने,कृषि प्रयोजनको लागि सस्तो ब्याजदरमा सर्वसुलभ बैंकिङ व्यवस्था मिलाउने,कृषिमा आधुनिकीकरण एवं औद्योगिकरणको व्यवस्था गर्ने,कृषि उपज बिक्री वितरणमा बिचौलियको अन्त्य गरी कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाउने,किटनाशक औषधिहरुमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्न जाेडदार माग गरिएको छ ।
    २०४६ सालको परिवर्तन, त्यसपछिको दशवर्षे द्वन्द्व र त्यसको पनि अर्को डेढ दशक बितिसक्दासमेत नेपाली जनताले ठूलो जनधनको क्षति व्यहोर्नु परेकाे भन्दै किसानका समस्या समाधानमा गम्भीर बनेर माथिका माग पूरा गर्न भनिएकाे छ।
    परिवर्तनपश्चात नेपाली जनताहरु न सुखी र शान्ति बन्न सकेकाे, न त सम्वृद्धि नै प्राप्त भएकाे भन्दै  अहिले पनि आम नेपाली जनता भोक, रोग, अशिक्षा तथा बेरोजगारीको समस्याबाट भौतारिराख्दा सरकार गैरजिम्मेवार बनेकाे बताईएकाे छ।
    नेपाल कृषि प्रधान देश भएपनि अहिले पनि कुल गाहस्थ उत्पादनमा मुख्य भूमिका खेल्ने कृषि क्षेत्र र कृषकहरु राज्यबाट उपेक्षित बन्न पुगेकाे भन्दै राजनीतिलाइ कमाइ खाने बाटाे नभइ जनहितका कार्यमा समर्पित गर्न समेत साे पार्टीले आह्वान गरेकाे छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.