चितवन । चितवनमा लागूऔषध प्रयाेगबाट हुने असर र कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको छ ।
Advertisement
लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा रुपान्तरण र युवा प्रा.लिको आयोजनामा होटल रेड कार्पेट नारायणगढ चितवनमा कार्यक्रम भएकाे हाे । साे अवसरमा अन्तरकृयात्मक कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका कक्षा ८ देखि १२ सम्मका विधार्थी तथा विभिन्न विद्यालयका शिक्षकहरु सहभागी थिए । उनीहरूलाई लागू औषध दुर्व्यसनी, यसको असर र प्रभाव तथा नेपालमा भएका कानुनी व्यवस्था लगायतका विषयमा नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका प्रहरी उपरीक्षक प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभएको हाे । कार्यक्रममा विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेकाे थियाे ।



