चितवन । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री उमा रेग्मीले महिला पहिला अभियान संचालन गर्ने तयारीमा रहेकाे बताउनुभएको छ ।
लैगिंक हिंसालाई कम गर्दै महिलाहरुको सम्रग विकास गर्नका लागी मन्त्रालयले साे नारा सहित बिभिन्न कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनुभयो ।
मन्त्रालयले चितवनको भरतपुरमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई संबोधन गर्दै मन्त्री रेग्मीले ९५ प्रतिशत भन्दा वढि हिंसा घर भित्र हुने गरेको भन्दै हिंसा विरुद्धको अभियानमा पुरुषहरुलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुवात गर्न लागेको जानकारी दिनुभयाे ।
घरेलु हिसां बिरुद्धको अभियान साथै महिलाको नेतृत्व क्षमताको विकास गर्न आवश्यक भएकोले महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागी मन्त्रालयले बिभिन्न किसीमका सीप विकास तथा बजारीकरण सम्बन्धि तालिम संचालन गरेको उहाँले स्पष्ट पार्नुभयो ।
असार ३ गतेवाट १० दिन सम्म संचालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागीता रहेको थियो ।
मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सरोज अधिकारी, शान्ती दाहाल र रत्ना घिमीरेले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गर्नुभएको थियो ।
सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामीक पक्षहरुको बिषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागी सहज बातावरण बनाउन सके महिलाहरु व्यवसाय मार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।
`महिला पहिला´ अभियान चलाउने तयारीमा मन्त्रालय छ : मन्त्री रेग्मी
`महिला पहिला´ अभियान चलाउने तयारीमा मन्त्रालय छ : मन्त्री रेग्मी
Advertisement
तपाईको प्रतिक्रिया