चितवन । पहिराे हटाएपछि राेकीएकाे सडक खुल्ला भएकाे छ । करिव १२ बजेतिर ईच्छाकामना ४ पृथ्वी राजमार्ग स्थित नाग्दी खोलामा माथिबाट सुक्खा पहिरो झरेर बाटो दुईतर्फी अवरोध भएको थियाे ।
उक्त स्थानमा ईप्रका मुग्लिनबाट खटिएको प्रहरी र सडकसंग समन्वय गरेर पहिराे पन्छाइएकाे चितवन प्रहरीले जनाएको छ।
करिव २ बजेतिर समयमा पहिरो झरेर अबरोध भएको बाटोको सम्पुर्ण पहिरो पन्छाएर दुई तर्फि बाटो सुचारु भएकोमा पुन: ५ मिनेट पछि सोही स्थानमा अर्को पहिरो खसेकाे थियाे । उक्त पहिरो पनि पन्छाउने कार्य सकिएपछि करिव ३ बजेबाट दुईतर्फि बाटो सुचारु भएको चितवन प्रहरीले जानकारी दिएकाे छ ।
Advertisement