चितवन । पाैडी खेल्नेक्रममा नारायणी नदीमा वेपत्ता एक युवककाे शव भेटिएको छ ।
९ गते विहान भरतपुर ४ शिवघाट स्थित नारायणी नदीमा भरतपुर ९ मिलनचोक बस्ने बर्ष २२ को बिनित घिमिरे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
Advertisement
चितवन प्रहरीका अनुसार वेपत्ता भएकाे खबर पाउनासाथ नारायणगढबाट बिपत ब्यबस्थापन सहितको टोली खटिएर खाेजी गर्दा पनि फेला नपरेकोमा असार ११ गते नवलपुर विनयी त्रिबेणी गाउंपालिका ७ त्रिबेणी धाममा नजिक फेला परेकाे हाे । दुम्कीबासबाट खटिएको प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि पठाईएको चितवन प्रहरीले जानकारी दिएकाे छ।