नवलपुर । नवलपुर जिल्ला देवचुली नगरपालिका १७ का कृष्ण चालिसे परिवारकाे सम्पर्कमा नआएपछि परिवारले खाेजीका लागि अनुराेध गरेका छन् ।
विगत ३/४ वर्ष देखि गाई पालन गर्दै आउनु भएका देवचुली नगरपालिका १७ मा बस्ने चालिसे गत जेठ २३ गतेदेखि घर बाट निस्कनु भएको थियाे । तर अहिलेसम्म पनि घर परिवारसंग सम्पर्कमा नआउनु भएको भन्दै खाेजीगरिदिन परिवारजनले अनुराेध गरेका छन् ।
Advertisement
कतै देख्नुहुने वा भेट्नुहुनेहरुले नजिकै प्रहरी कार्यालयमा खबर गरिदिनुहुन साथै परिवारजनकाे सम्पर्क माेबाइल नम्बर अर्जुन चालिसे ९८०४४९६०९३, टिकाराम चालिसे ९८२१४१७५६५ र सरु चालिसेकाे ९८२१००६७७१ मा सम्पर्क गरिदिन परिवारले अनुराेध गरेकाे हाे ।



