चितवन । चितवनकाे पाेखरीमा डुबेर बेपत्ता पुरुषकाे शब फेला परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २ आँपटारी बस्ने बर्ष २४ का राम रिजाल बेपत्ता भएका थिए ।
भरतपुर १ बागेश्वरी स्थित जमेको पोखरीको पानीमा बल्छी हानि माछा मार्ने क्रममा बल्छी अड्किए पछि बल्छी निकाल्ने क्रममा डुबेकाे प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट बिपद ब्यबस्थापन सहितको प्रहरी उद्दार टोलि खटिएकाे थियाे ।
पोखरीमा डुबेका ब्यक्ति भरतपुर महानगरपालिका २ आपटारी बस्ने बर्ष २४ का रिजाललाई खोज्ने क्रममा पम्पिङ सेटले उक्त पोखरीको पानी फाले पश्चात शव फेला पारी पोखरीबाट शव बाहिर निकालेर मुचुल्लकाको कार्य भएकाे प्रहरीले जनाएको छ ।
Advertisement