×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खैरहनीको वजेट १ अर्व १ करोड,कृषि र पूर्वाधारलाई प्राथमिकता  


  •   शुक्रबार, असार १०, २०७९
  • खैरहनी । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ,निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एघारौं नगर सभमा मेयर शशीकुमार खनियाले नीति तथा कार्यक्रम र उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हाे  ।  सो नगरपालिकाले आगामी वर्षका लागि १ अर्व १ करोड १२ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । प्रस्तुत बजेटमा आन्तरीक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख,संघीय सरकार सशर्त अनुदान ४ करोड ,संघीय सरकार समानिकरण अनुदान १८ करोड १८ लाख,संघीय सरकारबाट वाँडफाँड भई प्राप्त हुन आउने ११ करोड ५७ लाख,संघीय सरकार समपुरक अनुदान १ करोड २० लाख,संघकै विषेश अनुदान ३ करोड ५८ लाख आउनु अनुमान छ । त्यस्तै प्रदेश सरकार सशर्त अनुदान २ करोड ४२ लाख,प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७८ लाख,प्रदेश सरकारबाट वाँडफाँड भई आउने सवारी साधन कर ६ करोड ९४ लाख,प्रदेश सरकार विषेश अनुदान ६५ लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड ६२ लाख,सडक वोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५० लाख र भारतीय दुतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख वजेटमा समावेश गरिएकाे छ ।  नगरपालिकाले आगामी वर्षका लागि ५ वटा नगर गौरव आयोजनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख उप्रेतीका अनुसार नगरपालिका गेटदेखी चैनपुर चोक सम्म दुर्व तर्फ अपांगमैत्री बाटो,मगनीचोक देखी उत्तर दक्षिण दुवै तर्फ पाँच,पाँच सय मिटर अपांगमैत्री बाटो,चैनपुर चोकदेखी उत्तर तर्फ लदरी पुल सम्म अपांगमैत्री बाटो,डिज्नी पार्क नजिक पम्फापुलदेखी बाबा ग्याँस सम्म खोलाको दुवै तर्फ बाटो सहितको ड्याक निर्माण र वडा नम्वर ५ र ७ को वडा कार्यालय भवन तथा अन्य वडा भवन मर्मतलाई नगर गौरव आयोजनामा समावेश गरिएको छ । नगर सभामा नगर प्रमुख शशिकुमार खनियाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे । कृषि,पशुपालन,उद्योग,पर्यटन,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम संचालन गरिने नगर प्रमुख खनियाले जानकारी दिनुभयाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.