चितवन । चितवन जिल्लाका प्रहरी निकायलाई विपदजन्य घटना न्युनिकरण र खाेज उद्दारमा तयार रहन निर्देशन दिइएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले मातहतका कार्यालय प्रमुख र जवानहरुलाइ निर्देशन दिनुभएको हाे ।
मनसुन शुरु भएसँगै राजमार्गमा हुने विविध समस्याहरुलाई व्यवस्थापन गर्न प्रभावकारी प्रहरी परिचालन गरि दुर्घटना न्युनीकरण तथा अपराध नियन्त्रण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तथा मातहत लोकमार्ग स्थित प्रहरी ईकाईहरुका कार्यालय प्रमुखलाई अधिकारीबाट निर्देशन दिनुभएको हाे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, शाखा प्रमुखहरु र मातहत ईकाईका कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
Advertisement