गैंडाकोट । गैंडाकोट २ मा रहेकाे अक्सफोर्ड कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बजारमा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको हाे ।
कलेज परिसरमा आज विहान प्राध्यापक र विद्यार्थीहरुको सहभागितामा भएको रक्तदान कार्यक्रममा ९९ जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेको कार्यक्रमका संयोजक शिशिर कुंवरले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य प्राध्यापक ईन्जिनियर हरि भण्डारीले पहिलो रक्तदाता भिमप्रसाद भण्डारीलाई रक्तसंकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुुभएको थियो ।चितवन र नवलपुर क्षेत्रमा शैक्षिक विधामा आफ्नो अलग्गै पहिचान बनाउन सफल अक्सफोर्ड कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
Advertisement