चितवन । चितवनकाे भरतपुरमा हाेली भिजन स्कुल बसले ठक्कर दिंदा एक जनाकाे मृत्युु भएकाे छ ।
Advertisement
भरतपुर ४ अनुपम चोक स्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोक तर्फ जादै गरेको ना१क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर तर्फ आउदै गरेको ना३३प ३६६६ नम्बरको मोटरसाइकल लाई ठक्कर दिंदा माेटरसाइकल पछाडि सवार एक जनाकाे मृत्युु भएकाे हाे ।
चितवन प्रहरीका अनुसार माेटरसाइकल पछाडि सवार बाग्लुङ हरिया गाउपालिका बस्ने बर्ष ३४ को बिनोद थापाकाे उपचारकाे क्रंममा मृत्यु भएको हाे ।
मोटरसाइकल चालक जिल्ला बाग्लुङ हरिया गाउपालिका बस्ने बर्ष ३४ का आयुष बोहोरा घाइते भएका छन् ।