चितवन । चितवनमा प्रहरी, जनप्रतिनिधि सहित स्थानीय र विभिन्न संघसंस्थाका प्रतिनिधि मिलेर सरसफाइ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत बिहान ७ बजे भरतपुर१ नारायणी नदी किनार स्थित जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका, उद्योग वाणिज्यसंघ चितवन, व.प्र.का.नारायणगढ, सशस्त्र प्रहरी बल आँपटारी, चितवन र वे ग्रुप नेपालको संयुक्त सहकार्यमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकाे प्रमुख आथित्यतामा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक रबिन बिष्टको कमाण्डमा ३५ जना प्रहरी, सशस्त्र प्रहरी बल आँपटारी चितवनबाट २० जना, भरतपुर महानगरपालिकाबाट २० जना, WAY ग्रुप नेपालका अभियान्ताहरु २० जना र स्थानीय व्यक्तिहरु समेत गरी करिव १०० जनाको सहभागितामा जनचेतनामूलक सरसफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रहरी,जनप्रतिनिधि सहित विभिन्न संघसंस्था मिलेर सरसफाइ
प्रहरी,जनप्रतिनिधि सहित विभिन्न संघसंस्था मिलेर सरसफाइ

Advertisement
तपाईको प्रतिक्रिया