×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पहिले टीभी एंकर, अहिले सडक व्यापारी


  •   आइतबार, असार ०५, २०७९
  • काबुल । तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद करजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको ट्विटर पोस्टले देशका कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ ।

    Advertisement

    हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । क्याप्सनमा हकमलले भनेका छन् की मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध थिए । तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आएका छन् ।

    ‘मुसा मोहम्मदीले विभिन्न टिभि च्यानलहरूमा एङ्कर र रिपोर्टरको रूपमा वर्षौंसम्म काम गरे । अहिले आफ्नो परिवारलाई खुवाउने कुनै आम्दानी छैन । केही पैसा कमाउन स्ट्रीट फूड बेच्छन् । गणतन्त्रको पतनपछि अफगानीले अस्वभाविक गरिबी भोग्नुपरेको छ । ’

    मोहम्मदीको कथा इन्टरनेटमा अहिले भाइरल भइरहेको छ । यसले राष्ट्रिय रेडियो र टेलिभिजनका महानिर्देशक अहमदउल्लाह वासिककोसमेत ध्यान खिचेको छ । एउटा ट्वीटमा वासिकले पूर्व टीभी एन्कर र रिपोर्टरलाई आफ्नो विभागमा नियुक्त गर्ने बताएका छन् ।

    उनले अगाडि भनेका छन्, ‘निजी टेलिभिजन स्टेसनका प्रवक्ता मुसा मोहम्मदीको बेरोजगारी सामाजिक सञ्जालमा बढ्दै छ । वास्तवमा, राष्ट्रिय रेडियो र टेलिभिजनको निर्देशकको रूपमा म उहाँलाई भन्छु कि हामी काम गरौं । राष्ट्रिय रेडियो र टेलिभिजनको ढाँचामालाई उहाँलाई नियुक्त गर्नुहोस् । हामीलाई सबै अफगान प्रोफेसनल चाहिन्छ ।’

    यसैबीच, अगस्टमा तालिबानको सत्तापलट पछि अफगानिस्तानमा मानवीय तथा आर्थिक संकट निम्तिएको छ । उनीहरुले विभिन्न सञ्चार माध्यममा धरपकड गरेका छन् । तालिबानका कारण अधिकांश महिला सञ्चारकर्मीले रोजगारी गुमाएका छन् ।- एजेन्सी

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.