गैंडाकोट । गैंडाकोट नगरपालिका परिसरमा निःशुल्क छाला राेग सम्बन्धि शिबिर सम्पन्न भएकाे छ ।
एक दिने शिविर गैंडाककोट नगरपालिका र नेपाल स्वास्थ्य व्यबसायी संघ गैडाकोट नगर इकाइकाे संयुक्त आयाेजनामा सम्पन्न भएकाे आयाेजक संस्थामध्यकाे नेपाल स्वास्थ्य व्यबसायी संघ गैडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
आजको शिबिर बाट ३०७ जनाले स्वास्थ सेवा लिनु भएको छ भने अझै अर्को शिबिरहरु गर्नलाइ स्थानीयले सुझाव दिएका छन् । नगरभित्र ठूलाे अस्पताल नहुनु र जचाउन चितवनै जानुपर्ने वाध्यता रहेकाे भन्दै स्थानीयले शिविर कार्यक्रम बढाउंदै लैजान आग्रह गरेका हुन् । विशेषज्ञ चिकित्सक सहजै पाउने र सरल विधिबाट चांडो सेवा तथा परामर्श लिन सकिने हुनाले निशुल्क स्वास्थ शिविर प्रभावकारी हुंदै गएकाे उनीहरुको भनाइ थियाे ।
स्थानीयकाे सुझावले संस्थागत सामाजिक दायित्वमा लागिरहन थप उर्जा बढाएको र थप कार्यक्रम बनाउंदै जाने घिमिरेकाे भनाइ छ । शिबिर आयोजनाका नगर प्रमुख , नगर उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , नगर स्वास्थ शाखा प्रति संस्थाले धन्यवाद दिएकाे छ । साथै संस्थाको सर्कुलर मुताबिक उत्साहका साथ शिबिरलाई सम्पन्न गर्न खट्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी पनि धन्यवाद दिंदै आगामी समयमा हुने कार्यक्रमबारे जानकारी दिंदै जाने घिमिरेको भनाइ छ । पेशागत व्यवसायिकता एकातर्फ रहेपनि सामाजिक उत्तरदायित्वलाइ संस्थाले कहिल्यै नभुल्ने घिमिरेको भनाइ छ । संस्थाले निरन्तर निशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेकाे छ ।