चितवन । ईनार सफा गर्ने क्रममा खसेर दुई जनाकाे मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सांढे ४ बजेतिर चितवनकाे माडी नगरपालिका ७ देबेन्द्रपुर स्थित रिता रेग्मिको घरको भित्र प्यासेजमा रहेको ईनार सफा गर्ने क्रममा साेही ठाउँकाे वडानम्बर ८ बस्ने बर्ष २५ का सुर्य गुरुङ ईनार भित्र पसेकोमा केही समय पछी बोल्न नसकी हातले ईशारा गरेपश्चात संगै काम गर्न गएका ३० वर्षका शिव राई कम्मरमा डोरी बांधेर गुरुङलाई उद्दार गर्न ईनार भित्र पसेकोमा डोरी चुडिन गई तल खसेर दुई जनाकाे नै मृत्यु भएकाे चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयाे ।
ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चाैकी कल्याणपुरबाट खटिएको प्रहरीले समेत आफ्नो शरिरमा डोरी बाँधी तल जान खोज्दा अक्सिजन कमी भई स्वास प्रस्वासमा असहज हुने भएपछी बाहिर निस्कीएर स्थानीय बगौडा अस्पतालबाट अक्सिजन ल्याई प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुले ईनारबाट पानी निकालेर दुवै जनाको शव बाहिर ल्याएका थिए ।
ईनारमा खसेर चितवनमा २ जनाकाे मृत्यु
ईनारमा खसेर चितवनमा २ जनाकाे मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया



