नवलपुर । नवलपुरकाे जिल्ला समन्वय समिति नवलपरासीमा प्रमुख उपप्रमुख सहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुखका उम्मेदवार बाबुराम विश्वकर्मा र उप प्रमुखका उम्मेदवार शकुन्तला लम्साल ११/११ मतका साथ विजयी भएका हुन् ।
चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख , उप प्रमुख , अध्यक्ष र उपाध्यक्ष गरि १६ मतदाता रहेकोमा कांग्रेसबाट प्रमुखका उम्मेदवार द्रोणवन सन्यासीले ५ र उप प्रमुखका उम्मेदवार मिरा थनेतले ५ मत प्राप्त गरेका थिए ।
सदस्यहरूमा एमालेबाट उम्मेदवार बनेका पिन कुमारी चितौरे मगर , रेनु गुरौ थारु , सरस्वती पाठक, सम्झना सार्की , कुल प्रसाद शर्मा भुसाल ,लिला पौडेल , लोकनाथ अर्यालले समान ११ /११ मत प्राप्त गरि विजयी भएका छन् ।
कांग्रेसबाट सदस्यका उम्मेदवार दिनेश कुमाल र ज्ञानप्रसाद खनाल ४/४ मत प्राप्त गर्दा अन्य सदस्यहरूका उम्मेदवार राधिका दमाईँ, देवमाया दमिनी, गोमाया भट्टराई पाण्डे, चित्रबहादुर थापा, सुरेन्द्र बहादुर कुमालले समान ५/५ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समतिको निर्वाचनका लागि रहेका १६ मतदाता मध्य एमालेको ११ र कांग्रेसको ५ मत रहेको थियो ।