चितवन । अहिले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएकाे छ ।
सुख्खा पहिरो खसेर सडक खण्ड अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएकाे छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयाे। अहिले सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उहाँको भनाइ छ ।
Advertisement