नवलपुर । जिल्ला अदालत नवलपुरले सक्कली भन्दै नक्कली सुन बिक्री गर्ने दुई जनालाई भरतपुर कारागार चलान गरेकाे छ ।
जिल्ला पूर्व चम्पारण थाना चिरही ७ खडतरी बिहार प्रदेश भारत बस्ने बर्ष २४ को दिपक कुमार जयसवाल र जिल्ला गोरखपुर थाना रामगढताल ६ तारामण्डल कोलनी उत्तर प्रदेश भारतका बर्ष ३९ को राम प्रसाद चौधरीलाइ कारागार पठाइएको हाे ।
उनीहरूले गत जेठ ०३ गते करिव ४ बजेतिर कावासोती नगरपालिका २ थानाचोक स्थित आरति सुनचाँदी पसलमा नक्कली सुन लाई सक्कली भनेर झुक्काई बिक्री गरी रु. ६४ हजार रकम समेत लिएका थिए ।
पसल संचालक स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ६ घर भई हाल कावासोती २ थानाचोक बस्ने बर्ष ३३ का सन्जय बिकले जाहेरी दरखास्त दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे ।
प्रहरीले सम्पुर्ण अनुसन्धान पुरा गरी जेठ २७ गते जिल्ला सरकारी वकील कार्यालय नवलपरास ( पूर्व ) मा पेश भएकोमा नवलपुर जिल्ला अदालतले असार ३ गतेको आदेशले मुद्दा पुर्पक्षको लागी प्रतिवादीहरु जयसवाल र राम प्रसाद चौधरी कारागार कार्यालय चितवन चलान भएको नवलपुर प्रहरीले जानकारी दिएकाे छ।
कावासाेतीमा नक्कली सुन बेच्ने दुइ जना पुर्पक्षका लागि चितवन कारागार चलान
कावासाेतीमा नक्कली सुन बेच्ने दुइ जना पुर्पक्षका लागि चितवन कारागार चलान
Advertisement
तपाईको प्रतिक्रिया



