×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विज्ञसंगकाे सुझाव संकलनसंगै  भरतपुर महानगरपालिकाद्वारा नगरसभाकाे तयारी


  •   शुक्रबार, असार ०३, २०७९
  • चितवन । भरतपुर महानगरपालिकाले नगरसभाको पूर्वसन्ध्यमा विज्ञसँग सुझाव संकलन गरेको छ । 
    भरतपुर महानगरपालिकाको आगामी असार १० गते ११ औँ नगरसभा हुँदैछ । शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
    कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जामन्त्री पम्पा भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्रीहरु,विभागका महानिर्देशक, मन्त्रालयका सचिव तथा विज्ञहरुको उपस्थिति रहेको थियो ।
    सो कार्यक्रममा भरतपुरबासीसँग अबको भरपतुरको विकासमा कुन कुन विषय समावेश गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गरिएको थियो । यस्तै भरतपुरको विकासमा आवश्यक समवन्य गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध पनि गरिएको छ ।
    कार्यपत्र प्रस्तुत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा गरेका प्रतिवद्धता अबको भरतपुर महानगरपालिको कार्यदिशा हुने बताउनुभएको छ ।
    मेयर दाहालले प्रस्तुत गर्नु भएको कार्यपत्रमा महानगरमा निर्माणधिन योजनाको निरन्तरता र केही बाँकी रहेका महत्वपूर्ण कार्यहरु प्रथामिकतामा रहेको छ । कार्यपत्रमा समावेश नभएका विषयहरुलाई प्रथामिकताको आधारमा नीति तथा कार्यक्रम र नगरसभामार्फत सम्बोधन गरिने उहाँले बताउनुभयो ।
    मेयर दाहालले महानगरपालिकाको प्राथमिकता व्यवस्थित ढल विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेटशालाको पूर्णता, एरपोर्ट विस्तार, महानगरपालिका प्रशासनीय भवन निर्माण, नरायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुल निर्माण गर्ने रहेको बताउनुभयो ।
    त्यस्तै उहाँले शीत भण्डार निर्माण, राप्ती तटबन्ध, ओभरहेड ब्रीज, ट्राफिक लाइट, स्मार्ट सत्ता चालन, अटो ल्यान्ड, नगर स्तरीय पार्क, देवनगरीय विद्युत सवस्टेशन लाईन निर्माण भरतपुरको प्रथामिकतामा रहेको उल्लेख गर्नुभयो । 

    Advertisement

    यी सबै गौरवका योजना समयमै निर्माण गर्नका लागि स्रोत सुनिश्चिताका लागि संघीय सरकार र बागमती प्रदेश सरकारलाई आह्वान समेत गर्नुभयो । 

    त्यसैगरी महानगरपालिको फोरर व्यवस्थापनको लागि कोरीयन सरकारलाई जीटू जी विधिद्वारा भएको सम्झौता कार्यान्वनको पहल गर्न संघिय सरकारलाई अनुरोध पनि गर्नुभएको छ ।
    मेयर दाहालले भरतपुर महानगरपालिकाले अबको पाँच वर्षमा सीपलाई, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने गरी महानगरपालिका अघि बढ्ने बताउनुभयो । 
    उहाँले सबै उत्पादनलाई ब्राण्डिंग गरि ’मेड इन भरतपुर’ को अभियान चलाइने पनि बताउनुभयो ।
    उहाँले स्र्माट सिटीको सूचक पुरा गर्ने गरी शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, डिजिटलाईजेसन हुने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.