×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा सवारी दुर्घटनाकाे डरलाग्दो अवस्था, झण्डै एक बर्षमा १३० जनाको मृत्यु


  •   शुक्रबार, असार ०३, २०७९
  • चितवन । ट्राफिक प्रहरी, सरोकारवाला लगायतले पटक पटक सडक सुधारका लागि सुझाव दिएपनि कार्यान्वयन नहुँदा चितवनमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।
    राजनीतिको केन्द्रविन्दु जस्तै विभिन्न क्षेत्रको चाप परिरहेको जिल्लामा ट्राफिक सुरक्षाको अवस्था भने डरलाग्दो हुँदै गएको हो । कतिपय प्राकृतिक विपत्तीबाट जोगिन नसकेपनि व्यक्ति स्वयम समेत सचेत हुँदा कमी ल्याउन सकिने भएपनि खासै चासो नदिएको देखिन्छ । जसका कारण अनाहकमा मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यसम्म अर्थात श्रावण देखि जेष्ठ मसान्त सम्मा जिल्लाका भएका सवारी दुर्घटनामा परी १३० जनाले ज्यान गुमाएका छन् । असार महिनाको तथ्याङ्क भने आउन बाँकी नै छ । मृत्यु हुनेमा ९७ जना पुरुष,२१ जना महिला, ११ जना बालक र १ जना बालिका छन
    ।
    प्रहरीका अनुसार सवैभन्दा धेरै असोज महिनामा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी छ । जहाँ १५ जना पुरुष, २ महिला र ३ बालक गरी २० जनाले ज्यान गुमाएका छन् ।
    त्यस्तै चैत महिनामा १२ जना पुरुष,४ महिला गरी १६ जनाको मृत्यु भएको छ भने ९ पुरुष र २ महिला गरी श्रावणमा ११ जना, ५ पुरुष र २ बालक गरी भाद्रमा ७ जना, ७ पुरुष, ३ महिला गरी कार्तिकमा १० जना, १० पुरुष २ महिला गरी मंसिरमा १२ जना, ८ पुरुष २ महिला र १ बालिका गरी गरी ११ जना पुषमा, ८ पुरुष २ महिला र २ बालक सहित माघमा १२ जना, ८ पुरुष,२ महिला र ३ बालक सहित फागुनमा १३ जना, ७ पुरुष १ बालक सहित वैशाखमा ८ जना, ८ पुरुष २ महिला सहित जेष्ठमा १० जनाको मृत्यु भएको तथ्याङ्खले देखाएको छ ।
    यो अवधिमा ७३८ सवारी साधन दुर्घटना भएका छन । सवैभन्दा धेरै ३७० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यसपछि जीपकार १०० वटा,ट्रक ट्याकर ९६ वटा, बस ५४ वटा, माइक्रो १६ वटा लगायत अन्य सवारी छन् ।
    सवैभन्दा धेरै चैतमा दुर्घटना भएका छन् । जहाँ ८२ वटा सवारी संलग्न देखिन्छन् ।
    दुर्घटनामा परेर २४३ जना गम्भिर र ६४९ जना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेहुनेहरुमा १७३ जना पुरुष,४७ जना महिला, १४ जना बालक र ९ जना बालिका छन् । त्यस्तै सामान्य घाइतेतर्फ ४३१ जना  पुरुष,१६७ जना महिला, २७ जना बालक र २४ जना बालिका रहेका छन
    ।
    चितवनमा हुने सवारी दुर्घटनाबाट यो अवधिमा करिव ४ करोडको सवारी साधन नोक्सान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.