चितवन । कार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवा चितवनले आफ्नो छैठौं महिना सफलतापूर्वक पार गर्न सफल भएको अवसरमा प्रत्येक दिन सीमित व्यक्तिहरू लाई फ्री काउन्सेलिङ दिने भएको छ।
हालसम्म ७९३ जना व्यक्तिहरूलाई सेवा दिएको बताउदै आएको कार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवाले असार १ गते अर्थात् भोलि बुधबार देखि एक हप्ता सम्म नि: शुल्क सेवा दिने भएको हो। साे सेवाको लागी प्रत्येक दिन साँझ ७-८ बजे सम्म व्हाटस एप मार्फत कुराकानी गरिने कार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवाका निर्देशक ज्याेतिष सुजल गिरिले बताउनुभयो। उहाँले आफ्नो जन्ममिति,जन्म समय र जन्मस्थान दिने एकजना व्यक्तिको मात्र एउटा जिज्ञासा लिइने र वैज्ञानिक प्रणालीबाट उक्त जिज्ञासा मेटाइने बताउनुभएको छ। उक्त सेवाको लागि ९८६५१६८११२ नम्बरमा सम्पर्क गर्न सकिने छ।
Advertisement