बुलिङटार । नवलपुरकाे बुलिङटार गाउँपालिका २ मथारका रुमलाल थापा दम्पतीले १० हजार बराबरको पाेषाक विद्यार्थीलाइ सहयाेग गर्नुभएकाे छ।
साेही ठाउँकाे जीवन ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सहयाेग गर्नुभएको प्रधानाध्यापक मनप्रसाद भाटले जानकारी दिनुभयाे । शिक्षा प्रेमी समाजसेवी एवम् साेही विद्यालयका ब्यवस्थापन समितिका सदस्य आदरणीय थापा र उहाँको धर्मपत्नी सुनिता थापा मगरले जेहेन्दार विद्यार्थीहरुलाई रु १०,०००/ दस हजार रुपैयाँ को विद्यार्थी पोशाक (सर्ट, पाइन्ट,फरक ,)को कपडा आजको अभिभावक भेलामा विद्यालयका प्रअ र ब्यवस्थापन समितिका जेष्ठ सदस्य देबि लाल बिक लाई हस्तान्तरण गर्नु भएको हाे । शिक्षा प्रति देखाउनु भएको सहयोगी भावनाको उच्च सम्मान गर्दै सहयोग गर्नु हुने थापा दम्पतीलाई विद्यालयकाे तर्फबाट धन्यवाद दिंदै प्रधानाध्यापक मनप्रसाद भाटले याे कार्यबाट विद्यार्थीलाइ पढाइमा थप प्रेरणा मिल्ने बताउनुभयाे।
साथै सोही कार्यक्रममा सरकार बाट प्राप्त छात्रवृत्ति र शिक्षक हरुले सहयोग गर्नुभएको ९००० (नौ हजार )बराबरको कापीकलम पनि बितरण गरिएको छ । सहयोग गर्नु हुने विद्यालयका सम्पुर्ण शिक्षक ,कर्मचारीहरु प्रति विद्यालयले आभार प्रकट गर्दै धन्यवाददिएकाे छ।



