चितवन । माेटरसाइकल र स्कुटर ठाेक्किदा चितवनमा एक जनाकाे मृत्यु भएकाे छ ।
कालिका नगरपालिका ५ सिमाचोककाे भित्रि सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोक बाट पदमपुर सामुदायिक बन तर्फ आंउदै गरेको प्रदेश २-०३-००७प ५६७५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खांदा मोटरसाइकल पछाडी सवार कालिका ९ बस्ने बर्ष ५० का बल बहादुर तामाङ काे मृत्युु भएकाे हाे । दुर्घटनामा गम्भीर घाइते उनकाे पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक कालिका ९ बस्ने वर्ष ४० का प्रदिप कुमार श्रेष्ठ ,स्कुटर पछाडी सवार कालिका ३ बस्ने वर्ष ६९ को सुक बहादुर तामाङ घाइते भएका छन् । स्कुटर चालक वर्ष ३६ का राजु भन्ने बिजमान तामाङ घाइते अवस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । (अपटेड)
Advertisement



