चितवन । पहिराे झरेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ८ः४५ तिर ईच्छाकामना ६ तोपे खोला स्थित नारायणगढ मुग्लिङ् सडक खण्डमा सुख्खा पहिरो झरेकाे हाे । बाटो दुबै तर्फ अबरोध भएको छ । अहिले ई.प्र.का मुग्लिङ र जिल्ला ट्राफिक कार्यालयबाट खटीएको प्रहरी साथै जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक समेतको टोली खटिएका छन् । बाटो खुलाउनको लागि सडकसंग समन्वय भएको बताइएको छ ।
Advertisement



