चितवन । चितवनकाे राप्तीमा बस दुर्घटना भएकाे छ । जेठ २६ गते राप्ती ६ हर्दी स्थित पुर्ब पश्चिम राजमार्गमा नारायणघाटबाट बिरगंज तर्फ आउदै गरेको ना ७ ख ६०७६ को बस दुर्घटना हुँदा बसमा सवार यात्रुहरू घाईते भएका छन् । घाइतेहरुकाे उपचारको लागि अस्पताल पठाइएको र बस नियन्त्रणमा रहेकाे चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयाे । चालक भने फरार रहेकाे र बाटो अबरोध नभएको उहाँको भनाइ छ ।
घाइतेहरुकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे छ । मकवानपुर हेटौडा उपमहानगर १७ बस्ने बर्ष ३३ कि मन्जु सिलवाल, बारा कलैया -१६ बस्ने बर्ष ३१ को मनोज गिरी, भारत रक्सोल बस्ने बर्ष ७० को भोलन गिरी,बर्ष ४५ को उगम पटेल, बारा कलैया बस्ने बर्ष २२ को निरञ्जन पासवान,रौतहट कडरिया २ बस्ने बर्ष ३० को सुरेश दास,रौतहट कडरिया २ बस्ने बर्ष १० को आश कुमार यादब रहेका छन् । त्यस्तै पुरानो मेडिकल कलेजमा पठाइएका घाईतेहरुमा चितवन भरतपुर महानगर १८ गुञ्जनगर बस्ने बर्ष ४५ को भरत ढकाल,भरतपुर २६ बस्ने बर्ष ५६ को दिल ब. बि. क.,बर्ष ६४ को रेवारे बि. क रहेका हुन् ।
चितवनकाे राप्तीमा बस दुर्घटना, चालक फरार
चितवनकाे राप्तीमा बस दुर्घटना, चालक फरार
Advertisement
तपाईको प्रतिक्रिया