चितवन । जिल्लाकाे प्रदेश मातहतकाे अस्पताल बकुलहर रत्नगर सरकारी अस्पतालकाे बेथिति अझै निरुपण हुन सकेकाे छैन । जसकाे प्रत्यक्ष मारमा विरामी र तीनका आफन्त परेका छन् । अस्पतालमा माैलाउंदाे बेथिति नहट्दा सरकारी अस्पतालबाट सेवा लिननै कठिन हुने गरेकाे गुनासाे बढेकाे हाे ।
चितवनलाइ हस्पिटलको सहर भनेर पनि भन्ने,सुबिधा सप्पन्न भवन पनि हुने तर सेवा प्रवाह नसुधारिदा समस्या बढ्दै गएकाे बिरामी र आफन्तले गुनासाे गरेका छन् ।
भद्रगोल सेवा प्रवाहले बिरामीका आफन्तले हस्पिटमा कसैलाई पनि जान न परे हुन्थ्याे भन्दै कामना गर्छन् ।
बिरामी धन्टौ कुरिरहदा पनि न त डाक्टर आउने, न डाक्टर कुन समयमा आउनु हुन्छ भन्ने कुरा कर्मचारी लाइनै थाहा हुने, जसले बिरामी समस्यामा परेका हुन् ।
बिरामी १० बजेनै उपचार गर्नका लागि लाइन बसेर कुरिरहने, १० बजे उपस्थित हुनुपर्ने चिकित्सक ११:१५ हुदा सम्म कोठा न ७ सर्जरी ओ पि डि का डाक्टर नआउदा बिरामीले आक्राेश पाेखेका छन् । त्यहा रहेका अन्य कर्मचारी लाई र सुचना अधिकारीलाई समेत चिकित्सक कति बजे आउछन् वा आउदैनन् नै थाहा नभएकाे बताउने गरेकाे गुनासाे बिरामीको छ ।
बिहानबाट कुरिरहदा निकै गार्हो भएको बिरामीको गुनासोलाइ कसैलाई कुनै मतलब नगरेकाे, मङगलवार र बिहिवार सर्जरी ओपिडीका दुबै डाक्टर ओ टि मा जाने र त्यो दिन सर्जरी ओपिडिका कुनै बिरामी नहेर्ने यदि मंगलबार र बिहिवार कुनै बिरामी सर्जरी ओपिडी मा आए उनिहरुको उपचार त्यो दिन नहुने भन्दै फर्काउने गर्दा त्यस् दिनको बिरामी भोलिपल्ट आउदा बिरामीको चाप दोब्बर हुने गरेकाे गुनासाे बढेकाे हाे ।
हस्पिटलमा भिड हुने र बिरामीलाइ निकै गार्हो हुने गर्दा पनि अस्पतालमा लापरबाही बढेकाे हाे । प्रदेश मातहतको अस्पतालले सुविधा बढाउन नया भवन समेत बनाइरहेकाे छ । तर भएकाे सेवा सहजै दिने व्यवस्था फितलाे हुंदा नियमनकारी निकायले माैनता देखाएको भन्दै विरामी र आफन्तले अस्पताल सुधारका लागि पहल गर्न नगरपालिका, जनप्रतिनिधि र प्रदेश सरकारलाई आह्वान गरेका छन् ।



