चितवन । चितवनकाे भरतपुर १० मा रहेकाे एचिभर्स एजुकेशन एकेडेमीले सरसफाई गरेकाे छ। आज भरतपुरमा रहेकाे नारायणी नमुना माविकाे वरपर सरसफाइ गरेकाे हाे ।
निर्देशक विकाश चौधरी,नसिब तिवारी धिरज पुरी, संजीव लामा,विक्रम ढकाल लगायतले सरसफाई गरेका हुन् ।
विद्यार्थी आकर्षित गर्न विभिन्न संघ संस्थाहरुले आफ्नो विज्ञापनको
लागी १२ को परिक्षा दिएर निस्किएका विद्यार्थी हरुलाई पर्चा बांड्ने गर्ने गरेकाे भएपनि एचिभर्स एजुकेशनले भने सरसफाइ गरेकाे हाे ।
दिएको पर्चा धेरैले बाटोमा फालेको,कुनै पनि संस्थाको ध्यान पर्यावरण प्रति नभएकाे भन्दै एचिभर्सले कदम थालेको
निर्देशक विकास चाैधरीले बताए । विद्यार्थीलाई पढाईका साथ साथै आर्ट अफ लिभिङ समेत सिकाउने उद्देश्यले याे अभियानको सुरुवात गरेकाे उनकाे भनाइ छ।
सहयोगी हातहरुमा धन्यवाद दिंदै उनले विएसी एजी,भेटरीनरी, मत्स्य पालन,मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षा तयारीको तयारी गराउने र त्यसबाट लाभ लिन आह्वान गरेका छन् ।