काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्तिलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ६, हाल काठमाडाैं ३१ बानेश्वर बस्ने ३६ वर्षीय कपिल भण्डारी रहेका छन् । उनलाई ०७८ फागुन २५ गते बिहान करिव ८:३० बजेको समयमा काठमाडाै महानगरपालिका १० मध्यबानेश्वर हाईट सडक खण्डमा अछाम मंगलसेन नगरपालिका ३ घर भई हाल मैतिदेवी बस्ने बर्ष ३३ को कमान सिंह बोगटीलाई
पुर्ब रिसिबिका कारण अन्धाधुन्ध रुपमा धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भिर घाईते बनाई फरार भएको आराेप छ ।
फरार प्रतिबादी भण्डारी सुनसरी धरान उपमहानगरपालिकाको क्षेत्रमा लुकिछिपि बसी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खाेज्न थालेकाे तियाे । २०७९ जेठ २१ गते बिशेष प्रहरी टोलीले ई.प्र.का.धरानको सहयोगमा पक्राउ गरी अहिले थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी बृत नयाँबानेश्वर पठाईएको जनाएको छ ।