×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरका गणित शिक्षकलाई २ दिने प्रशिक्षण


  •   आइतबार, जेठ २२, २०७९
  • प्रियधन पाण्डे । पूर्वी नवलपरासी नवलपुरमा गणित शिक्षकहरुलाई दुइ दिनसम्म प्रशिक्षण प्रदान गरिएको छ । शुक्रबारबाट सुरु भएको २ दिवसीय तालिममा शनिबार आधारभूत तहका शिक्षकलाई प्रशिक्षण दिईएको इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाले जानकारी दिनुभयो । शुक्रबार मावि तहका शिक्षकलाई प्रशिक्षण दिईएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि इम्बोक्स नवलपरासीका पूर्व अध्यक्ष चन्द्र देव तिवारीले गणित विषय अध्यापन गर्दा कालोपाटी र चक मात्र शैक्षिक सामाग्री रहेको स्मरण गर्दै अहिले परिवर्तित पाठ्यक्रमसँगै सिकाईका प्रक्रिया समेत बदलिएको बताउनुभयो । ठट्यौलो पारामा उहाँले भन्नुभयो ” हामी बुढाहरुलाई प्राविधि सिक्न र सिकाउन गाह्रो हुने रहेछ । ”
    तिवारीले अहिलेको समय विद्यार्थीको परीक्षा नभई शिक्षकको परीक्षा भएको बताउनु भयो ।

    Advertisement

    पछिल्लो समय गणित विषय र विद्यार्थीबीचको दुरी टाढा हुँदै गएको र गणित विषयलाई व्यवहारिक बनाऊनका लागि तालिमको आयोजना गरिएको गणित शिक्षा परिषद नवलपुरका अध्यक्ष होमनाथ न्यौपानेले बताउनुभयो ।
    कार्यक्रममा बोल्नुहुँदै न्यौपानेले गणित शिक्षकहरुले धेरै मेहनत गर्नुपरे पनि उपलब्धि कम आउने भएकाले मन खुम्च्याउनु पर्ने परिस्थिति रहेको औल्याउनुभयो ।
    यस्तै कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रहनुभएका वेदान्त पब्लिकेशनबाट प्रकाशनमा आएको गणित विषय किताब लेखक हुकुम प्रसाद दहालले अबको गणित अमूर्तबाट मूर्त हुनुपर्ने र सोही अनुसार पाठ्यक्रम तथा प्रश्नावलीको ढाँचा परिवर्तन भएको बताउनुभयो । लेखक दहालले पहिले शिक्षण पेशा अन्तिम विकल्पको रुपमा रहे जस्तो देखिए पनि अहिले सम्मानित पेशाको रुपमा स्थापित हुँदै आएको बताउनुभयो । गणित विषयलाई अब सामाजिकीकरण गरिनुपर्ने भन्दै उहाँले अबको प्रश्नपत्र निर्माण समेत परम्परागत नहुने बताउनुभयो । दहालले अब आधारभूत तहमा जम्मा १२ वटा प्रश्नको ३३ वटा उप प्रश्न रहने र पूर्णांक ५० अंकको हुने पाठ्यक्रम आएको स्मरण गर्दै अब प्रश्न निर्माणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा इम्बोक्सका केन्द्रिय उपाध्यक्ष बिक्रम झा , मन्टेश्वरीका राष्ट्रिय प्रशिक्षक तथा इम्बोक्स नवलपुरका पूर्व सचिव दिपक नाथ घिमिरे , इम्बोक्स नवलपुरमा आवद्ध विभिन्न विद्यालयका करिब १२० जना शिक्षकको सहभागिता रहेको थियो ।
    प्रशिक्षणमा सहभागी शिक्षकहरुले तालिमको समय छोटो भएको भन्दै आयोजकलाई अर्को प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्न माग गर्दै इम्बोक्सलाई धन्यवाद दिएका थिए । इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाको संचालनमा भएको कार्यक्रमको अध्यक्षता इम्बोक्स नवलपुरका अध्यक्ष शिव प्रसाद देवकोटाले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा इम्बोक्स नवलपरासीका पूर्व अध्यक्ष चन्द्र देव तिवारी रहनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.