चितवन । पुरै पाँच वर्ष विताएका जनप्रतिनिधिले सडक नबनाइदिंदा भाेजाड हुदै यात्रा गर्नेहरु समस्यामा परेका छन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिका जाेड्ने याे मुख्य सडक भएपनि जनताका भाेट पाएर पदमा पुगेकाहरुले चासाे नदिंदा वर्षेनी सांघुराे र हिलाम्मे धुलाम्मे सडकमा दिनहुं यात्रा गर्न जनता वाद्य भएका हुन् । अझै आजभाेलि सडकमा ठूला ठूला खाल्डाे पर्दा साइकलयात्री, पैदलयात्री सहित सबैलाई समस्या भएकाे गुनासाे गरेका छन् ।
समृद्द महानगर भन्दै पाँच वर्ष बिताएर रेनु दाहाल पुन:महानगरकाे मेयरमा निर्वाचित भएकी छिन् भने कालिका नगरपालिकामा व्यक्ति फेरिएपनि उही पार्टी नेकपा एमालेका उम्मेदवार नै नगरप्रमुखमा निर्वाचित भएका छन् । तर वर्षेनी आंखै अगाडिको समस्या पनि नदेख्ने जनप्रतिनिधि रहेकाे भन्दै स्थानीयले आक्राेश पाेखेका हुन् । न भरतपुरले न कालिकाले यहाँको सडक मर्मतमा चासाे दिएका छन् । सडक सांघुराे संगै ठूलठूला खाल्डाखुल्डी हुंदा दुर्घटनाको जाेखिम समेत बढ्दै गएकाे उनीहरुकाे भनाइ छ ।चांडै व्यवस्थित सडक बनाउन माग गर्दै खाल्डाखुल्डी पुरेर सडक कालाेपत्रे गरिदिन स्थानीयले आग्रह गरेका छन् ।
भरतपुर महानगर र कालिका नगर जाेड्ने सडकमा बाटाे भन्दा खाल्डा धेरै, स्थानीय आक्राेशित
भरतपुर महानगर र कालिका नगर जाेड्ने सडकमा बाटाे भन्दा खाल्डा धेरै, स्थानीय आक्राेशित
Advertisement
तपाईको प्रतिक्रिया



