चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको हो ।
मेयर दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकोले इजरायली कृषि प्रविधि बढी भन्दा बढी प्रयोग गर्न चाहेको बताउंदै कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयाे।
चितवन जिल्ला पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर रहेको भन्दै भरतपुर महानगरलाई कृषिको हबको रुपमा विकास गर्न विषेश कार्यक्रमहरु ल्याएको बताउनुभयो । चितवन कृषि उत्पादन तथा बजारको दृष्ट्रिले महत्वपूर्ण ठाउँ भएकोले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालकाे भनाइ थियाे ।
भेटमा क्रममा भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयाे । इजरायली राजदुत हाननगोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफु सकारात्मक रहेको बताउदै इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गर्नुभयाे । ‘इजरायल छोटो समयमा कृषिमा आधुनिकिकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।’



