काठमाडौं । काठमाडौं महानगरकाे मेयरमा फराकिलो मतान्तरले निर्वाचित बालेन साहले पूर्ण विकसित शहर गराउने बताउनुभएकाे छ ।
Advertisement
सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने बताउदै काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने बताउभयाे ।
स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएकाे हाे ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनुभयाे भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनभयाे ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत सहित निर्वाचित हुदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयाे ।