चितवन । करेन्ट लागेर चितवनमा एक जनाकाे मृत्यु र एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार आज दिउसाे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा संचालन रहेको शिखर ईन्सुरेन्स कम्पनिको शाखा कार्यालयका कर्मचारीहरुले कम्पनिको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी भएकाे थियाे ।
सोही कम्पनिमा कार्यरत भरतपुर- १० कटहर चोक बस्ने बर्ष ३५/३६ की सकुन्तला पौडेल सुबेदी गम्भीर घाईते भई उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याई चिकित्सकले जाँच गर्दा बाटोमा नै मृत्यु भएको भनि घोषणा गरेको र अर्का घाईते सोही ईन्स्युरेनसमा कार्यरत भरतपसर ७ बस्ने बर्ष ३१/३२ को तरुण थापालाई उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाईएको छ । उहाँको अवस्था –मध्यम रहेकाे छ । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको र केही फायलहरु जलेर नष्ट भएको अधिकारीले जानकारी दिनुभयाे । अन्य अनुसनधान भइरहेको उहाँको भनाइ छ ।
करेन्ट लागेर चितवनमा शिखर इन्स्याेरेन्सका कर्मचारीकाे मृत्यु
करेन्ट लागेर चितवनमा शिखर इन्स्याेरेन्सका कर्मचारीकाे मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया