×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बस दुर्घटनामा बालक बेपत्ता


  •   शनिबार, जेठ ०७, २०७९
  • धनगढी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा शनिबार भएको बस दुर्घटनामा वेपत्ता १८ महिने एक बालक अझैं फेला परेका छैनन् ।
    कैलालीबाट अछाम गइरहेको ना ५ ख ९६६३ नम्बरको यात्रुबाहक बस शनिबार बिहान ५ बजेतिर गेरुपानीमा सडकबाट सेती नदी किनारामा खसेको थियो ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १६ महिने छोरा सुजन वेपत्ता भएका हुन् । दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बसका कण्डक्टरसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।
    घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ । सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
    डोटीका नायव प्रहरी उपरीक्षक (डिएसपी) भोलाकुमार भट्टका अनुसार दुर्घटनाग्रस्त बस नदी किनारामा खसेका कारण बालक सुजन नदीमा वेपत्ता भएको अनुमान गरिएको छ ।
    दुर्घटनास्थल आसपास खोजी गर्दा पनि साँझ सात बजेसम्म वेपत्ता बालक फेला पर्न सकेका छैनन् ।
    दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.