चितवन । आफू बलात्कृत भएकाे भन्दै न्याय माग्ने एक युवतीलाई प्रहरीकाे पूर्ण साथ रहेकाे जनाइएकाे छ ।
नेपाल प्रहरी प्रहरी महानिरीक्षककाे सचिवालयबाट एक प्रेस विज्ञप्ति जारी गर्दै पीडित युवतीकाे साथमा र सहयाेगमा प्रहरी रहेकाे र सत्यतथ्य छानबिन गर्न सुरु भइसकेको भनिएकाे छ।
घटनाकाे गम्भीरतापूर्वक छानविन गरी दाेषी भेटिए कडा कारवाही गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिस्ठ उपरीक्षक बसन्त बहादुर कुवरकाे अध्यक्षतामा पाँच सदस्यीय छानवीन समिति समेत बनाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।
माेडल वन्ने सपना बाेकेर अगाडि बढेकाे बताउने युवतीले सामाजिक संजाल मार्फत आयाेजकबाट पटक पटक डरधम्की दिएर बलात्कार गरिएकाे र जसका कारण आफ्नाे स्वास्थ अवस्था समेत नाजुक भएर लामाे समय उपचार गराइरहेकाे भनेकी छिन् । कानुनी कारबाहीका लागि आत्मविश्वासका साथ अघि बढ्दा बलत्कार सम्बन्धि कानुनकाे हद म्यादले आफू अझ बढी समस्यामा परेकाे भन्दै रुदै न्याय दिन माग गरेकी थिइन् । संसदमा समेत नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले साे घटनाकाे चांडै सत्यतथ्य छानविन गर्न संसदमार्फत सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
बलत्कार भएकाे भन्दै न्याय माग्ने युवतीलाई प्रहरीकाे साथ, न्याय पाउने आश
बलत्कार भएकाे भन्दै न्याय माग्ने युवतीलाई प्रहरीकाे साथ, न्याय पाउने आश

Advertisement
तपाईको प्रतिक्रिया