चितवन । चितवनमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका २ बस्ने बर्ष २५ का बिष्णु देव अधिकारी र काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका ४ बस्ने बर्ष २९ का कृष्ण गुरुङलाइ पक्राउ गरिएकाे हाे ।
उनीहरुलाइ चितवन खैरहनी ८ चौविसकोठीबाट नाईट्राजेपाम २९७० (उनान्तीस सय सत्तरी) ट्यावलेट औषधीजन्य ट्रामाडाेल ११०४ (एघार सय चार) क्याप्सुल सहित नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

गुरुङले लगाएको पेन्टी कट्टु भित्र, पाईन्टको भित्री भागमा र मोजा समेतमा लुकाई राखेको अवस्थामा २४० (दुई सय चालीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम फेला परेको, त्यसै गरी बिष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा २७३० (सत्ताईस सय तीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम र ११०४ (एघार सय चार) क्याप्सुल औषधीजन्य फेला परेकोले कानून बमोजिम बरामद गरी दुवै जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ।



