चितवन । ठूलाे हावाहुरी आएर रुख ढलेर किच्दा चितवनमा तीन जनाकाे मृत्युु भएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जेठ ६ गते भरतपुर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ को अटोलाई किचि अटो च्यापिन जाँदा अटो चालक भरतपुर ११ लामाटोल बस्ने बर्ष ५०/५१ का प्रदिप कुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी गाउपालिका ६ घरभई हाल भरतपुर ७ कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
सोहि अटोमा सवार बर्ष २० की अबिता गुरुङ र बर्ष ५० की तुल मांया गुरुङ सामान्य घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र अटो किचेको उक्त रुख जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायव उपरीक्षकको टोली र स्थानिय नागरिकहरुद्वारा हटाइएकाे छ । मृतकको शव भरतपुर सरकारी अस्पताल पठाईएको, बाटो अबरोध नभएको प्रहरीले जानकारी दिएकाे छ।
त्यस्तै भरतपुर ११ बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० को म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको छ । मृतकको शव भरतपुर सरकारी अस्पतालमा पठाईएको छ ।
सोही हावा हुरीको कारण महानगरको विभिन्न स्थानहरुमा रुख तथा बिजुलीको पोल ढलेर क्षति भएकाे छ।



