गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीय निर्वाचन २०७९ मा ९९ वटा व्यालेट वक्समा मत खसेको छ । ४७ हजार ७१५ जना मतदाता रहेकोमा जम्मा ३३ हजार ८८६ मत खसेको हो । जुन करिव ७१ प्रतिशत हुन आउँछ । २१ वटा मतदान स्थलका ५५ वटा मतदानकेन्द्रबाट मत खसालेका हुन् ।
गैंडाकोट वडा नम्बर १ मा ४ हजार ५५९ मतदाता रहेकोमा ३ हजार १६३ मत खसेको छ ।
२ मा ४ हजार ४९८ मतदाता रहेकोमा २ हजार ९६१ मत खसेको छ ।
३ मा २ हजार ३२२ मतदाता रहेकोमा १ हजार ७१८ मत खसेको छ ।
४ मा ३ हजार ६० मतदातामा २ हजार २७८ मत खसेको छ ।
५ मा ४ हजार ६४६ मतदातामा ३ हजार ३० मत
६ नम्बरमा २ हजार २८० मतदातामा १ हजार ७०९ मत खसेको छ ।
७ मा २ हजार १५ मतदाता रहेकोमा १ हजार ४१७
८ मा २ हजार ८१० मतदाता रहेकोमा १ हजार ९८६ मत खसेको छ ।
९ मा १ हजार २८४ मतदाता रहेकोमा ९ सय ९० मत खसेको छ ।
१० मा २ हजार ६७३ मतदाता रहेकोमा १ हजार ९८५ मत खसेको छ ।
११ मा २ हजार ७४७ मतदाता रहेकोमा २ हजार ९९ सय मत खसेको छ ।
१२ मा २ हजार ५२८ मतदाता रहेकोमा १ हजार ८८६ मत खसेको छ ।
१३ मा २ हजार ६९५ मत खसेकोमा २ हजार १६ मत खसेको छ ।
१४ मा २ हजार ८८५ मतदाता रहेकोमा २ हजार ३६ मत खसेको छ ।
१५ मा १ हजार ९९३ मतदाता रहेकोमा १ हजार ३२१ मत खसेको छ ।
१६ मा १ हजार ८५३ मतदाता रहेकोमा १ हजार २७७ मत खसेको छ ।
१७ मा १ हजार २६५ मतदाता रहेकोमा ९१२ मत मात्रै खसेको छ ।
१८ मा १ हजार ६०२ मतदाता रहेकोमा कति मत खस्यो विवरण आएको छैन ।
मतगणना स्थलमा पत्रकारलाई प्रवेशमा रोक
अहिले वडानम्वर १ र १८ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । जसले मतगणनाको नतिजा देखि त्यहाँ भित्रको निष्पक्षतामा प्रश्न उठेको छ । निर्वाचन अधिकृतले सहजीकरण नगर्दा प्रहरीले गेटबाट पत्रकारलाई प्रवेश गर्न नदिएको फिल्डमा रहनुभएका पत्रकारहरुले बताउनुभएको छ । सूचना पाउने जनताको अधिकारलाई बन्चित नगर्न अनुरोध गरिएको छ ।