×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्थानीय निर्वाचन २०७९: विवाद हुँदा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित


  •   शनिबार, बैशाख ३१, २०७९
  • गैँडाकोट । देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भनेपनि विभिन्न ठाउँमा झडप,कुटपिट र विवाद भए । वैशाख ३० गते विहान सात बजेदेखि सुरु भएको निर्वाचनमा धाँधली हुन थालेपछि विभिन्न ठाउँमा विवाद, झडप भएका हुन् ।

    Advertisement

    जसका कारण १६ जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा विवादपछि मतदान स्थगित भएको आयोगले जनाएको छ । ती स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन आयोगले निर्वाचन अधिकृतबाट पुन मतदान हुने मिति र समय यथाशीघ्र तोकेर सुचना प्रकाशन गर्ने जनाइएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदानकेन्द्रमा मतदान स्थगित भएको जानकारी नभएको आयोगले स्पष्ट पारेको छ ।

    देशैभर एकसाथ भएको स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको थियो । देशैभर ६४ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रारम्भिक विवरण अनुसार दिइएको जानकारी हो ।

    आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अनुमान गरेको थियो । देशैभरको तथ्याङ्क हेर्दा बढीमा ७५ प्रतिशत र कम्तिमा ५० प्रतिशत मत खसेको छ । निर्वाचनको ६८ संस्थाका करिब ५० हजार पर्यवक्षकले निर्वाचनको अनुगमन गरेका थिए । निर्वाचन आयोगका अनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले यस पटकको निर्वाचनमा मत हाल्न पाउने थिए । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला थिए भने १८३ जना अन्य रहेका थिए । १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट भोट हालिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.