स्याङ्जा । स्याङ्जामा मतदाता बाेकेकाे जीप दुर्घटना हुंदा मृत्युु भएका १४ मध्य १३ जनाकाे सनाखत भएकाे छ ।
प्रहरीका अनुसार वालिङमा भएको दुर्घटना मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुवर, ५० वर्षीय कुलदपि कुवर, ५० वर्षीय डेम कुमारी कुवर, ८६ वर्षीय हरीकला कुवर, ५० वर्षीय टेककला कुवर, २५ वर्षीय मुना कुवर, ७० वर्षीय भिमकला कुवर, ७० वर्षीय मुवा कुमारी कुवर, ४३ वर्षीय पोट कुमारी कुवर, ४३ वर्षीय जानुका कुवर, ४२ वर्षीय ज्ञान दली कुवर, ५० वर्षीय मिना कुवर र उमेर नखुलेकी फुल देवि कुवर रहेका छन् ।
जीप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।
घाइते ११ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।