×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मतदातालाई धम्काउन पाइदैन : अध्यक्ष ओली


  •   सोमबार, बैशाख २६, २०७९
  • चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको धम्क्याउने बानी अझैसम्म नगएको टिप्पणी गर्नुभएको छ । आइतबार चितवनको नारायणगढ स्थित क्याम्पा चउरमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धम्काएर खाएकाहरुको अहिलेसम्म पनि धम्काउने बानी नगएको बताउँदै मतदातालाई नधम्काउन भन्नुभएको हो ।

    Advertisement

    केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनले हारे देश दुर्घटना हुने बताउँदै हसिया हतौडामा भोट हाल्नुपर्ने बताउनुभएको थियो । सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष ओलीले आज धम्काएर खानेहरुको बानी भए पनि अब जमना बदलिएको भन्दै अब धम्काएर काम नचल्ने बताउनुभएको छ । गठबन्धनले हारेमा कुनै दुर्घटना नहुने भन्दै अध्यक्ष ओलीले बरु अब घटना हुने र त्यो घटना गठबन्धनले नराम्रोसँग हार बेहोर्ने ठोकुवा गर्नुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले एमाले र राप्रपाले नेतृत्व गर्ने भरतपुर र माडी देशकै सुन्दर स्थानीय तह बन्ने बताउनुभयो । यी दुवै स्थानीय तह धेरै सम्भावना बोकेका स्थानीय तह भएको उल्लेख गर्दै उहाँले एमाले राप्रपाको गठबन्धन विजयी भए देशले हेर्न लायक स्थानीय तह हुने दाबी गर्नुभयो । स्थानीय तहहरु भनेको जनताको आशाको केन्द्रबिन्दु भएको उल्लेख गर्दै उहाँले यहीँ नै विभिन्न सम्भावनाहरु खोजेर युवाहरुलाई रोजगार दिनुपर्ने बताउनुभयो ।

    नेकपा एमाले चितवनद्वारा आयोजित चुनावी सभालाई पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा, पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, भरतपुरका मेयरका उम्मेदवार विजय सुवेदीसहितका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.