×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट १४ मा चक्रपथ र झराही खोलामा तटबन्धनको योजना बनाएको छु : मदनभक्त अधिकारी


  •   शुक्रबार, बैशाख २३, २०७९
  • गैँडाकोट । नेपाली काँग्रेसबाट गैँडाकोटको मेयरका उम्मेदवार मदनभक्त अधिकारीले ले गैँडाकोट १४ चक्रपथ र गैँडाकोट १५ स्थित झराही खोलामा तटबन्धन गर्ने योजना रहेको बताउनुभएकोछ ।
    शुक्रबार गैँडाकोट १४ र १५ मा भएको चुनावी कार्यक्रममा बोल्दै उहाँले अमरापुरी चोक, सालघारी भागर, नगरटाँडी हुँदै कृष्णमन्दिरसम्मको चक्रपथ निर्माणको प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यस्तै भूमिहिन स्थानीयको समस्या समाधानमा सक्दो पहल गरि छिटो निस्सा उपलब्ध गराउने अधिकारीले बताउनुभयो । आज नै भएको गैँडाकोट १५ को कोण सभामा अधिकारीले झराही खोलामा तटबन्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो । यस लागि आफ्नो नेतृत्वमा रहेको समूहलाइ मतदान गर्न आह्वान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
    गैँडाकोट उपप्रमुख पदकी उम्मेद्वार शान्ति कोइरालाले सीमान्तकृत दलित, जनजाति, बाबुआमा गुमाएका, विपन्न क्यान्सर रोगी, मृगौला रोगी, मुटुरोगीका सन्तती तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक उन्नयका लागि अनुदान उपलब्ध गराउने बताउनुभयो।
    उपप्रमुख पदकी उम्मेद्वार कोइरालाले सामुदायिक विद्यालयहरुमा शिक्षालाई निःशुल्क गर्ने बताउनुभो । यसैगरि युवाहरुको प्रतिभा प्रोत्साहनका लागि गैँडाकोट ३, ४ र ८ को बीचमा निर्माणाधिन क्षेत्रीय रंगशाला र १३ नम्बर वार्डको सुनवर्षा चौरलाई क्रिकेट मैदान बनाउन पहल गर्ने बताउनुभएको छ ।
    गैँडाकोट १४ का वडा अध्यक्ष पदका उम्मेद्वार महाशर्मा न्यौपानेले वडा भित्रका सामुदायिक विद्यालयको स्तरोन्नती, सडक पूर्वाधारको विकास, वडाबासीका लागि सिपको विकास र रोजगारिको सिर्जना, वडा भित्रको भल निकासका लागि पहल गर्ने बताउनुभएको वडा सभापति युगेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
    गैँडाकोट १५ मा भएको काँग्रेसको कोण सभामा वडा अध्यक्ष पदका उम्मेद्वार प्रेमप्रसाद तिमिल्सिनाले वडा कार्यालयको निर्माण, शिक्षा र स्वास्थ्यमा सुधार, कृषि क्षेत्रको विकासको लागि किसानलाई सहजीकरण लगायतका योजना अघि सारेको बताउनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.