काठमाडौं । नेपाल प्रहरीले सुनाैलाे रंगकाे कछुवा सहित एक युवालाई पक्राउ गरेकाे छ ।
काठमाण्डौ चावहिल क्षेत्रमा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री बितरण तथा ओसारपसार गरी नगद रु.बीस लाखमा कारोबार हुंदैछ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खोजतलास गरेकाे थियाे ।
खाेजी गर्ने क्रममा काठमाण्डौ महानगरपालिका ७ चावहिल स्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिष थापा घर्तीको साथमा रहेको कालो झोला भित्र राखेको अबैध सुनौलो रंगको कछुवा १ (एक) थान फेला पारी आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
प्रहरीले २३ बर्षीय घर्तीलाइ नियन्त्रणमा लिएकाे छ । साथमा १ थान माेवाइल समेत प्रहरीले बरामद गरेकाे छ ।
घर्तीकाे स्थाई ठेगाना काठमाण्डौ किर्तिपुर नषरपालिका ८ रहेपनि हाल काठमाण्डौ शंखरापुर, साखु बस्दै आएका प्रहरीको भनाइ छ ।
सुनौलो रंगको कछुवा सहित युवा पक्राउ
सुनौलो रंगको कछुवा सहित युवा पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया