चितवन। प्रधानमन्त्री शेर बहादुर देउवाले गठवन्धनबाट भरतपुरकाे मेयरमा रेनु दाहाल सहितकाे टाेलिलाइ जिताउन आह्वान गर्नुभएकाे छ।
भरतपुरकाे केन्द्रीय बसपार्क चउरमा भएकाे पाँच दलिय गठवन्धनकाे बृहत आमसभामा सम्बाेधन गर्दै देउवाले रेनु दाहालले नेतृत्व गर्दा धेरै विकास भएकाे र बेरुजु फर्छाैटमा समेत अगाडि रहेकाे भन्दै प्रशंसा गर्नुभयाे । उहाँले गठवन्धन गर्न आवश्यक रहेकाे र आफूलाई बहुमतले जिताएर पार्टीको सभापति बनाएकाले केन्द्रकाे निर्णय मान्न समेत नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे ।
रेनु दाहाललाई हराए भरतपुरका जनताले समेत प्रश्न उठाउने उहाँको जिकिर थियाे । क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय सभा हल निर्माण, सडककाे गल्ली गल्ली कालाेपत्रे भएकाे भन्दै गठवन्धन लाइ जिताउन उहाँको आह्वान थियाे ।
कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले याे पटक सवैकाे अग्नी परीक्षा जस्तै रहेकाे र गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयाे । आफूले अव केपी आेलीसंग मिलेर कांग्रेसलाई धाेका नदिने बताउंदै ढुक्क भएर गठवन्धनलाइ जिताउन अनुराेध गर्नुभयाे । चुनाव हराएर प्रचण्डलाई थप तनाव दिने की गठवन्धनलाइ अझ बलियाे बनाउन उर्जा दिने भन्ने नेता कार्यकर्तामा रहेकाे प्रचण्डको भनाइ थियाे । पानी परेर सभास्थल डुवानमा परेपछि माेटर लगाइ पानी फालेर सभास्थल सजाइएकाे थियाे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पाैडेल, कांग्रेस जिल्ला तहका नेताहरुले लगायतले बाेलेका थिए । माआेवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले सहजीकरण गर्नुभएकाे कार्यक्रम कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।



