गैंडाकोट। एमाले कार्यकर्ताले कांग्रेस बाट हुप्सेकाेट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिएका व्यक्ति र सवार सवारीमा गरेकाे आक्रमणको नेपाली कांग्रेस नवलपुरले निन्दा तथा भत्सर्ना गरेकाे छ ।
Advertisement
जिल्ला सभापति महेन्द्र ध्वज जिसीले आज एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुकाे तत्काल खाेजी गरेर कानुनी कारबाही गर्न माग गर्नुभएको छ।
साथै भाैतिक क्षतिकाे पूर्ति गराउन माग गर्दै निर्वाचन प्रचारप्रसारकाे वातावरण शान्तिमय बनाउन प्रशानसग आग्रह गरिएकाे छ।
विज्ञप्तिमा नेकपा एमालेबाट हुप्सेकाेट १ का वडा अध्यक्ष उम्मेदवार लाल बहादुर शेरपुजाकाे नेतृत्वले आक्रमण गरेकाे जनाइएकाे छ।