चितवन । चितवनमा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन्।
आज विहान ९ बजेको समयमा भरतपुर २८ गोलाघाट बस्ने अन्दाजी बर्ष ३७ का मन बहादुर कुमाललाइ गैंडाले हानेकाे हाे । मिस्त्रि काम गर्न जाने क्रममा घर भन्दा करिव ४ सय मिटर पर मकै बारीमा गैंडाले आक्रमण गर्दा पेटको भित्रि र खुट्टाको भागमा चोट लागेकाे र भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेकाे चितवन प्रहरीले जनाएको छ । उनकाे अवस्था मध्यम रहेकाे छ।
Advertisement