गैंडाकोट । नवलपुरकाे गैंडाकोट नगरपालिका वडा नम्बर ५ काे वडा अध्यक्ष पदका उम्मेदवार नवराज कडेंलले विकास र समृद्धिका लागि आफू पुन वडा अध्यक्षमा उम्मेदवारी दिएकाे बताउनुभएकाे छ।
सामाजिक संञ्जालमा आफूलाई विजयी गराउन अनुराेध गर्दै उहाँले पहिलाे कार्यकालकाे अध्यक्ष हुंदापनि वडामा विकासका धेरै कार्य भएकाे बताउनुभएकाे छ।
विकासका लागि मैले यस पटक फेरी वडाबासीकै चाहना र आग्रहमा वडाअध्यक्ष पदमा रहेर सेवा गर्ने उदेश्यका साथ चुनाव मैदानमा होमिएको छु।
यसअघि वडाको नेतृत्व गर्दा सुरुवातको वर्ष नीति, नियम निर्माणकै लागि समय खर्चन परेको र करिव २ वर्ष कोभिड महामारीसँग जुध्नु परेको तितो यर्थाथका बीच पनि वल र बुद्धिले सकेजति वडाको विकासका लागि समय खर्चेको उहाँको भनाइ छ।
नेकपा एमालेबाट वडाअध्यक्षको रुपमा उम्मेदवारी दिएपनि आफूलाइ साझा उमेदवारको रुपमा लिइदिन उहाँको आग्रह छ।
वडालाइ गैँडाकोट नगरपालिका भित्रको सबैभन्दा उत्कृष्ट वनाउने नै आफ्नाे प्रमुख चाहना रहेकाे कडेंलकाे भनाइ छ ।