×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

संरक्षित स्थानीय जातका गाईलाई औषधि उपचार


  •   शनिबार, बैशाख १७, २०७९
  • भरतपुर, १७ वैशाख । चितवनको भरतपुर–१ वागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका स्थानीय जातका गाईहरुको उपचार तथा औषधि र भिटामिन वितरण गरिएको छ । आज (शनिबार) परेको विश्व भेटेरिनरी दिवस २०२२ को अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले वागीश्वरीमा संरक्षित स्थानीय जातका गाईहरुको औषधि उपचारका साथै भिटामीन वितरण गरिएको हो ।
    भेटेरिनरी अस्पतालका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले गौ संरक्षण केन्द्रका सेविका योगी निरन्जन नाथलाई औषधि तथा भिटामिन प्रदान गर्नुभएको थियो । सो क्रममा नाथले गौ संरक्षण केन्द्रमा स्थानीय प्रजातिका २०० वटा गाईहरु संरक्षण गरिएको बताउनुभयो । संरक्षण केन्द्रमा रहेका गाईहरुलाई किर्ना र बर्खा लागेसँगैै खोरेतका कारण समस्या हुने गरेको नाथले बताउनुभयो ।
    सो कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख केसीले त्यहाँ संरक्षण गरिएका गाईहरुलाई खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गरिने बताउनुभयो । “स्थानीय जातका गाईहरुलाई खोरेतबाट जोगाउनका लागि हामीले चाँडो पहल गर्छौँ” केसीले भन्नुभयो, “अबको एक हप्ताभित्र सबै गाईलाई पुग्नेगरी खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गर्छौँ ।” त्यस्तै गाईहरुलाई किर्नाबाट जोगाउनका लागि समेत डिपिङ ट्याङ्की राख्नका लागि पहल गर्ने केसीले बताउनुभयो ।
    सो कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले स्थानीय जातका गाईको बहुउपयोगिता रहेको भन्दै वागीश्वरीमा गाई संरक्षण हुनु सकारात्मक भएको बताउनुभयो । त्यहाँ रहेका गाईहरुलाई खानाको समस्या भएको आफूले जानकारी पाएको उल्लेख गर्दै घाँस रोप्ने ठाउँ बनाएको खण्डमा आफूले सुपर नेपियर जातको ४० हजार घाँसको बीउ निःशुलक उपलब्ध गराउने बगालेले बताउनुभयो । स्थानीय प्रजातिको गाईको दूध, गहुत तथा गोबर धार्मिक प्रयोजनका लागि मात्रै प्रयोग नभएर औषधीय गुणसमेत हुने गरेको बगालेको भनाइ थियो ।
    भेटेरिनरी पेसाको पुनरुत्थान तथा सुदृढीकरणका लागि संरक्षित गाईहरु भएको स्थानमा पुगेर विश्व भेटेरिनरी दिवस मनाइएको पशु विकास अधिकृत रामचन्द्र आचार्यले बताउनुभयो । वागीश्वरीमा रहेका गाईहरुको स्वास्थ्य उपचारपछि नाम्ले, माटे र जुकाविरुद्धको औषधि (अलबेन्डाजोड), कलेजोलाई फाइदा गर्ने (लिभर टोनिक) औषधि तथा दूध उत्पादन बढाउने भिटामिन, क्याल्सियम र सुपर नेपियर जातको घाँस गौ संरक्षण केन्द्रलाई प्रदान गरिएको आचार्यले बताउनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.